डोटीका मतदान केन्द्रमा अनुगमन

0
Shares

विमल विष्ट, डोटी ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी स्वरूप डोटीका विभिन्न स्थानमा रहेका मतदानस्थल र मतदान केन्द्रमा अनुगमन गर्न थालिएको छ ।
मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका विषयमा जानकारी लिनका लागि जिल्लाको बिभिन्न गाउपालिका अन्तर्गतका मतदान स्थल र मतदान केन्द्रको अनुगमन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, प्रहरी प्रमुख लगायतको सहभागिता रहेको छ । मतदान स्थलको अनुगमनबाट सुरक्षा अवस्थाको रणनीति बनाउन सजिलो हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।