महोत्तरी ३ मा महन्थ ठाकुरलाई कांग्रेसको समर्थन



नेपाल समाचारपत्र, काठमाडौ।
नेपाली कांगे्रसले महोत्तरी ३ मा आफ्ना उम्मेदवार बजरंग नेपालीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपालीको उम्मेदवारी फिर्तासँगै कांगे्रसले राजपा संयोजक महन्थ ठाकुरलाई समर्थन गर्ने भएको हो ।

हुन त बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास कांगे्रस–राजपा बीच नभएको होइन । यी दुुई पार्टीबीच दुुबैका शीर्ष नेतालाई जिताउने गरी तालमेल गर्ने बारेमा पनि छलफल भएको थियो ।

तर धनुुषा ३ मा विमलेन्द्र निधि र राजेन्द्र महतो दुुबैले दाबी गरेपछि गठबन्धनको प्रयास असफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्