मेरो नकारात्मक मात्र प्रचार भयो– गणेश लामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
आसन्न निर्वाचनमा नेपाली काग्रेसले काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा तर्फ ‘ख’ मा गणेश लामालाई टिकट दिएपछि उहाको बारेमा विभिन्न टिकाटिपप्पणी हुन थालेको छ । खासगरि गुणगर्दीमा संलग्न भएको आरोप लागेका लामाको राजनीतिक एवं पारिवारिक पृष्ठभुमिबारे खासै चर्चा भएको पाइदैन । यस अघि सम्पन्न संविधानसभा निर्वाचनमा विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको तत्कालिन फोरम लोकतान्त्रिक पार्टी उमेद्वारी दिई सम्मानजनक मत प्राप्त गर्नुभएका लामा आफ्नो क्षेत्रमा भने फरक चर्चित युवा नेताको रुपमा परिचित छन् ।

आफ्नो गाउ ठाउमा नीजि लगानीमै भएपनि विकास योजना सम्पन्न गर्ने गरेका लामा विशेष गरि युवामाझमा लोकप्रिय देखिन्छन् । गुण्डागर्दी बाट अकुत सम्पत्ति कमाएको आरोपमा मुद्धा खेपिरहेका मात्र हैन विभिन्न अपराधिक क्रियाकलापमा प्रहरीले नियन्त्रणमा लिई कैयौ पटक अनुसन्धान गरेको थियो । राष्ट्रिय स्तरमा गुण्डा नाइके भनि चर्चामा रहेका लामासंग नेपाल समाचारपत्रले फरक पाटोको रुपमा उहाको राजनीतिक र पारिवारीक जिवनको बारेमा बाहिर नआएका कुराहरु ल्याउने प्रयास गर्दा उहा भन्नुहुन्छ– मिडियाले मेरो नकारात्मक मात्र प्रचार गरेको छ । म पहिलेदेखि नै राजनीतिक पृष्ठभुमिको व्यक्ति हु ।

तत्कालिन खहरेपाँगु गाविस हाल रोशी गाउपालिका १ निवासि लामाको बच्चै देखि काठमाडौंमा हुर्किएका हुन । दुईपटक प्रधानपञ्च, तत्कालिन जिल्लाविकास समितिको उपसभापति समेत भैसकेको लामाको पिति राप्रपा बाट काग्रेसमा प्रवेश गर्नुभएको थियो । ‘म एसएलसी पास भएदेखि नै राजनीतिमा संलग्न छु’ लामा भन्छन्– मेरो राजनीतिक जिवनको बारेमा कुनै पनि मिडियाले लेखेनन् ।

माओबादी द्धन्द्धकालमा माओबादीले मेरो घर कब्जामा लिएको, पशुपति क्याम्पसमा अध्ययन गर्दा काग्रेस राजनीतिमा सक्रिय भएको बताउने लामा त्रिचन्द्र क्याम्पसमा अखिलका कार्यकर्ताहरुले मलाई खुकुरी हानेको बारेमा धेरैलाई थाहा नभएको बताउछन् । नेपाली कांग्रेस दुई भागमा विभाजित भएको बेला शेरबहादुर देउवा नेतृत्वको काग्रेस प्रजातान्त्रिकमा संलग्न लामा आपु अन्याय सहन नसक्ने भएकोले युवा अवस्थामा बेलाबेलामा झैझगडा हुने गरेको भने स्वीकार्छन ।

पढाईलाई निरन्तरता दिन नसकेका लामाले होटल र निर्माण व्यवसाय गरेर गुजारा गरेको भन्दै पछिल्लो समय आफुलाई राज्यले झुटा मुद्धा लगाएर प्रहरी प्रक्राउ गर्ने गरेपनि प्रमाण नभेटेपछि टोड्ने गरेको बताउछन् । आफु विगत
२० वर्ष अघि कुनैपनि झगडाको लाईनमा नभएको र आफ्नो व्यवसाय गरि कमाएको निजि पैशाले धेरै विद्यार्थिलाई छात्रावृद्धि समेत दिएको भन्दै लामाले समाजमा नाम चल्न थालेपछि आफुलाई गुण्डागर्दिको आरोप लगाएको बताउछन् । रेष्टुरेन्ट व्यावसाय र क्रसर सञ्चालनका क्रममा मैले समाज सेवामा पनि हात हालेँ लामाले नेपाल समाचारपत्रसंग भने– माओवादी युद्धकालमै मैले काभ्रेका धेरै विद्यालयमा निशुल्क कोचिङ कक्षा चलाएको छु । टेष्ट परिक्षा सकिएपछि बाँकी रहेको तीन महिना एसएलसीको तयारीको लागि विद्यार्थीले कोचिङ पढ्नु पथ्र्यो । कयौँ विद्यार्थीसँग पैसा हुँदैनथ्यो । मैले कयौँ विद्यालयमा काठमाडौंबाट पैसा पठाएँ । गणेश लामाको पैसाले कुनै विद्यालयले कोचिङ चलाएको थाहा पाएमा माओवादीले त्यो स्कुल नै बन्द गरिदिन्थ्यो ।

तर, मैले पवित्र धारणा राखेको थिएँ । कसैले धन्यवाद देओस् वा मिडियामा आओस् भनेर होइन । आफुले धेरै स्कुललाई १० वर्षसम्म लगातार पैसा दिएको भन्दै लामा भन्छन्– एउटा विद्यालयबाट ३० देखि ३५ जना विद्यार्थीले एसएलसी दिन्थे, कयौँ पास भए ।

आफ्नो समाजसेवाको प्रभाव हेर्न काभ्रे जान आग्रह गर्दै लामाले नेपाल समाचारापत्रसंग भने– भूकम्पको बेला होस् या त्योभन्दा अघिको समय मैले काभ्रेमा धेरै सहयोग गरेको छु । यसकै परिणाम स्वरुप २०७० को निर्वाचनमा झण्डै ६ हजार भोट ल्याएको बताउदै लामाले भन्छन– त्यो भोट त्यसै आएको थिएन ।

काठमाडौंको बजारले आफुलाई एउटा ढंगले चिनेपनि आफ्नो क्षेत्रको जनताले अर्कै ढंगले चिन्ने लामाको भनाई थियो ।