पूर्व आइजी अर्याललाई अख्तियारले बयानका लागि बोलायो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन प्रक्रिया अगाडी बढाएको छ ।

अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले
अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ ।

अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको स्रोतले बताएको छ ।

अख्तियारले सडक विभाग लगायत अन्य कर्मचारीलाई पनि अकुत सम्पति आर्जन गरेको विषयमा अनुसन्धान शुरु गर्ने बताएको छ।