बेइजिङमा नेपालको मौलिक प्रस्तुति

0
Shares

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बेइजिङ डान्स ऐकेडेमी, बेइजिङ, चीनद्वारा गत अक्टोबर २२ देखि २७ सम्म बेइजिङमा आयोजना सम्पन्न २०१७ ट्रेडिसनल डान्स पर्पmमेन्स सो एन्ड एक्सचेन्जमा सहभागिता जनाएको छ।

प्रतिष्ठानबाट कुलपति भक्त श्रेष्ठ (सरुभक्त) को नेतृत्वमा उपकुलपति शम्भुजित बासकोटा, प्राज्ञ उन्नती बोहरा ‘शीला, प्राज्ञ माधव प्रधान, डा. घनश्याम खतिवडा, दीपक बोहरा, दीपेन्द्रकुमार बानियाँ, कल्पना वादी, दीपिका शर्मा, माधवप्रसाद त्रिपाठी, धनबहादुर गायक र धनबहादुर गुरुङ गरी १२ जनाको टोलीले सहभागिता जनाएको थियो।

चीनका विभिन्न प्रान्तका साथै विदेशबाट समेत सहभागिता रहेको अन्तर्राष्ट्रिय परम्परागत नृत्य महोत्सवमा प्रतिष्ठानको विविध सांस्कृतिक प्रस्तुतिले महवपूर्ण स्थान पाएको प्रतिष्ठानले जनाएको छ। विभिन्न प्रदेशबाट चयन भएका कलाकारले कार्यक्रममा नेपालमा प्रचलित परम्परागत विवाह परम्परा, सोरठी नृत्य र पञ्चेबाजाका लोक धुन प्रस्तुत गरेका थिए।

सेमिनारमा नेपालका तर्फबाट डा. घनश्याम खतिवडाले नेपालका परम्परागत लोक नृत्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा दीपेन्द्रकुमार बानियाँ, कल्पना वादी, दीपीका शर्माले सोरठी नृत्य प्रस्तुत गरेका थिए भने धनबहादुर गुरुङ, धनबहादुर गायक, माधवप्रसाद त्रिपाठीले सोरठी गीत र पञ्चेबाजाका मौलिक धुन प्रस्तुत गरेका थिए।