त्रासै त्रासमा बडेमानका नेताः कहाँ कस्लाई कस्काे डर ?

0
Shares

काठमाडाैं । पहिलो चरणमा मंसिर १० र दोस्रो चरण मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि बिहिबार दोस्रो चरणको उम्मेदवारी दर्ता भएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा यसअघिनै मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणमा ३२ र दास्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुन लागेको हो ।

पहिलो चरणमा प्रतिनीधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा हुँदैछ भने दोस्रो चरणमा गते प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ क्षेत्रमा चुनाव हुँदैछ । यीमध्ये कतिपय क्षेत्रमा मुलुकका शीर्ष नेताको उम्मेदवारीले चर्चा पाएका छन् । शीर्ष नेताहरुबीच नै चुनावी प्रतिस्पर्धा हुने भएकाले कतिपय क्षेत्रको चुनवी भिडन्त रोचक देखिने भएको छ । केहि नेताहरु आफेनो राजनीतिक बिरासत जोगाउन मुस्किल हुने भएको छ ।

चितवन ३
दोस्रो चरणमा निर्वाचन हुने चितवन ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रतिस्पर्धीमा यतिबेला कांग्रेस समेतकोको समर्थनमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनको मतका आधारमा प्रचण्ड अगाडि देखिएका छन् । तर पाण्डेका पनि चितवनमा उत्तिकै लोकप्रियता भएकाले निर्वाचन परिणम आफ्नो पोल्टामा पार्न प्रचण्ले मेहनत गर्नुपर्ने देखिन्छ ।

गोरखा २
पहिलो चरणमा निर्वाचन हुने गोरखा ३ मा माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ–शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले आ–आफ्नो जितको दाबी गर्दै आएका छन् । वाम गठबन्धनबाट उम्मेदवारी दिएका श्रेष्ठ र कांग्रेस समेतको समर्थन पाएका भट्टराई दुबैकालागि यो चुनाव राजनीतिक भविष्य निर्धारणको लडाँइ हो । समान जस्तै जनमत देखिएका श्रेष्ठ र भट्टराईमध्ये एकको बिरासत गुम्ने निश्चित छ ।

सिन्धुपाल्चोक १
पहिलो चरणमा निर्वाचन हुने सिन्धुपाल्चोकमा नेता एवं पूर्व संचारमन्त्री अग्नीप्रसाद सापकोटा र बहालवाला संचारमन्त्री मोहनबहादुर बस्नेतबीच चुनावी भिडन्त हुँदैछ । सापकोटा वाम गठबन्धनका साझा उम्मेदवार हुन भने बस्नेतलाई राप्रपा(प्रजातान्त्रिक) को समर्थन मिलेको छ । स्थानीय तह निर्वाचनको मत अनुसार सापकोटा अगाडि देखिएपनि बस्नेतले पछिल्लो समय आफ्नो दबदबा बढाएका छन् । सापकोटा र बस्नेतमध्ये एक जनाले यो निर्वाचनसँगै ५ वर्ष पछाडि फर्कनु पर्ने निश्चित छ ।

सिन्धुपाल्चोक २
पहिलो चरणमा निर्वाचन हुने सिन्धुपाल्चोक २ मा राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणा दसाँैपटक चुनावी मैदानमा छन् । उनलाई यसपालि कांग्रेसको समेत समर्थन मिलेको छ । उनको प्रतिस्पर्धामा वाम गठबन्धनले एमाले नेता शेबहादुर तमाङलाई उतारेको छ । यसअघिको संबिधासभा निर्वाचनमा राणा उनै तमाङसँग हारेका हुन् । यसपालि कांग्रेसको समर्थनले जित्ने आशा राखेका राणालाई यो चुनाव अन्तिम अवसर र चुनौती दुबै हो । जनमतमा समेत अगाडि रहेका तमाङलाई हराउनु राणालाई फलामे चिउरा सबित हुने निश्चित छ ।

झापा ३
दोस्रो चरणमा निर्वाचन हुने झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन् । लिङदेनलाई वाम गठबन्धनको समर्थन गर्ने भएको छ । ठुलै कसरतले उम्मेदवार
बनेका सिटौलालाई चुनाव जित्न त्यो भन्दा ठुलो सकस देखिन्छ । राष्ट्रिय राजनीतिको मुलधारमा रहेका सिटौला राजनीतिक उचाइबाट पछाडि फर्कनु पर्ने खतरामा देखिएका छन् । उनकालागि यो चुनाव हार–जितको लडायँ मात्र नभएर अस्तित्व जोगाउने चुनौति पनि हो ।

मोरङ ६
दास्रो चरणमा निर्वाचन हुने मोरङ ६ मा एमालेका चर्चित नेता लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइराला भिड्दै छन् । दुबै नेपाली राजनीतिमा चर्चित अनुहार हुन् । वाम गठबन्धनले साझा उम्मेदवारका रुपमा पण्डितलाई उठाएपछि कोइरालालाई यो चुनाव जित्न कठिन हुने देखिन्छ । यसपालि चुनवले कोइराला पण्डितमध्ये एकको राजनीतिक भबिष्य खतरामा पर्ने निश्चित छ ।

धनुषा ३
दोस्रो चरणमा निर्वाचन हुने धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन् । जनमतका आधारमा पनि निधि र महतोबीचको चुनाव कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुबैजना राष्ट्रिय राजनीतिका चर्चित अनुहार भएकाले पनि सो क्षेत्रको चुनावलाइृ धेरैले चासोका साथ हेरेका छन् । निधि र महतोमध्ये एकले यो निर्वाचनपछि आफ्नो राजनीतिक उचाइ गुमाउने छन् । त्यसैले दुबैलाइृ यो चुनाव जीवन–मरणको लडाइँ हो ।

काठमाडौं १
यहाँ विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र, कांग्रेसबाट प्रकाशमान सिंह र वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । पहिले देखिनै कांग्रेसको प्रभाव क्षेत्रका रुपमा चिनिदै आएको सो ठाउँमा वाम गठबन्धनका कारण यसपालि कांग्रसलाइृ अघिल्ला चुनाव जस्तो सहज देखिँदैन । समृद्ध मुलुकको नारा बोकेर पत्रकारीताबाट सक्रिय राजनीतिमा हामफालेका मिश्र र वामपन्थी उम्मेदवार शर्माकालागि यो निर्वाचन परीक्षा हो भने सिंहकालागि इज्जतको लडाइँ हो ।

काठमाडौं ४
दोस्रो चरणम निर्वाचन हुने काठमाडौं ४ मा वाम गठबन्धन र नेपाली कांग्रेस दुबै पार्टीबाट युवा उम्मेदवारको उम्मेदवारी परेको छ ।कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा र वाम गठबन्धनबाट एमालेका युवा नेता राजन भट्टराई प्रतिस्पर्धामा छन् । यसअघि संबिधानसभा निर्वाचनमा विजयी भएका थापालाई यसपालि भने चुनाव जित्न त्यति सजिलो देखिँदैन । बराबरी जस्तै जनमत देखिएका थापा र भट्टराईलाइृ यो निर्वाचन राजनीतिक भबिष्य निर्धारणको परीक्षा बन्ने छ ।
काठमाडौं ५
दास्रो चरणमा निर्वाचन हुने काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट डा.प्रकाशशरण महतबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुबैकालागि यो चुनाव जित्नै पर्ने दबाब देखिन्छ । यो दुबैको बिरासतको लडाइँ पनि हो । यसपालि निर्वाचन परिणामले पोखरेल र महतमध्ये एकलाइृ राष्ट्रिय राजनीतिको मुलधाबाट तल खसाल्ने निश्चित छ ।

सप्तरी २
दोस््रो चरणमा निर्वाचन हुने सप्तरी २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनबाट माओवादी नेता उमेश यादवबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि सो क्षेत्रमा यादवलाई चुनाव जित्न कठिन हुने बिश्लेषण धेरैको छ । यादवलाई चुनाव जित्नै पर्ने दबाब छ ।