आमसंचारको योगदानबारे अन्र्तक्रिया

0
Shares

ललितपुर (नेस) । ललितपुर, कुमारीपाटीस्थित निम्स उच्च माध्यमिक विद्यालयमा आमसंचार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूले आमसंचारको योगदानका विषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
काभ्रेपलाञ्चोक, पाँचखालमा अवस्थित सर्वमंगला उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आमसंचारको प्रभाव तथा योगदानका विषयमा जानकारीमूलक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
प्रयोगात्मक कार्यअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले सामाजिक रुपान्तरण, स्वास्थ्य सरसफाई, वातावरणीय संरक्षण तथा विद्युतीय माध्यमबाट हुने गरेका अपराध न्यूनीकरणका लागि आमसंचारले पु¥याउन सक्ने भूमिका र योगदानका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा सामाजिक सञ्जालका माध्यमको प्रयोगबारे विद्यार्थीहरूमा सर्वेक्षण पनि गरिएको थियो । विद्यार्थीहरूले सामाजिक सञ्जाल के–कसरी र कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्ने विषयमा सर्वेक्षण गरिएको थियो ।
सोही अवसरमा मेन्स रुम रिलोडेड (एमआरआर) बाट प्राप्त भएको किताब विद्यालयका प्रधानाध्यापक छत्रपति इसरलाई हस्तान्तरण पनि गरियो ।