जिप पल्टिदा बालकसहित दुई जना घाईते

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको मेलौलीमा आज जिप पल्टिदा बालकसहित २ जना घाईते भएका छन । घाईते हुनेहरुमा बैतडी दशरथचन्द नगरपालिका २ देहिमाण्डौं का ६ बर्षिय बालक विनित बोहरा र २६ बर्षिया ममता बोहरा रहेका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाईते हुने दुबै जना आमाछोरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईते दबै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

देहिमाण्डौवाट मेलौली तर्फ गईरहेको से १ ज ३७३ नंम्वरको जिप आज दिउँसो २ बजे मेलौली नगरपालिका १ को तल्लादेही भन्ने ठाँउमा पल्टेको हो । उकालो सडकमा जिपको ब्रेक फेल हुँदा अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो ।

जिपमा ६ जना सवार रहेका भएपनि अरु यात्रु भने सुरक्षित रहेका छन । जिप चालक किशोर बोहरालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा शुक्रवार र शनिवार लाग्ने जात्रामा किराना पसलको सामान लगेर जिप देहिमाण्डौंवाट त्यतातिर गएको हो ।