चुरोट नखाने कर्मचारीलाई बिदै बिदा

0
Shares

एजेन्सी । चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटीनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी लाग्छ। यस्को बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुश्किल हुन्छ यद्यपि मान्छेलाई थाह हुन्छ कि यस्को प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न।

धुम्रपानले गर्दा अरूपनि धेरै नराम्रो कुराहरू हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन। विश्वका धेरै मुलुकहरूमा नियम लागु छ कि कुन उमेरका मानिषले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन। धुम्रपानले गर्दा फोक्सोको क्यान्सर हुन सक्छ, मुटुरोग र अन्य प्रकारका रोगहरू पनि लाग्न सक्छ तर पनि चुरोट खाने बानि लागीसकेपछी छुटाउन भने गारोनै हुन्छन् ।

चुरोट छुटाउन जापानको एक व्यावसायिक कम्पनीले एक विशेष सुविधा दिएको छ । त्यो हो चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाकारी दिएका छन्।

टोकियोमा रहेको पिआला कम्पनीले कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा दिनुपरेको कम्पनीले जनाएको हो । विशेष सुविधाको योजना सुरु भएपछि ४ जनाले चुरोट छाडिसकेका छन् ।