लमजुङमा करिव १७ किलो सुनसहित युवक पक्राउ



लमजुङ, (नेस) ।

लमजुङमा झन्डै १७ किलो सुन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट युवकलाई सुनसहित पक्राउ गरेको हो । मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । सुन बोकेर आउँदै गर्दा प्रहरी चेकिङमा उक्त युवकलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

सुन करिब १७ किलोको अनुमान प्रहरीले लगाएको छ । तर सुन जाख्न भने बाँकी छ । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ हुन ।

प्रतिक्रिया दिनुहोस्