सेलेना र विकेन्ड अलग

0
Shares

 

अमेरिकी गायिका सेलेना गोमेज र क्यानेडियन गायक द विकेन्ड कथितरूपमा १ वर्षभन्दा कम समयको डेटिङपछि अलग भएका छन्। पिपुल डट कमको रिपोर्टमा उल्लेख गरिएअनुसार केही सूत्रले यो जोडीले आफ्नो सम्बन्ध तोडेका छन्।

समाचारमा बताइएअनुसार गोमेज तथा विकेन्डको सम्बन्धमा केही समयदेखि उतारचढाव चलिरहेको थियो। विकेन्ड आफू टुरमा रहेकाले र गोमेज पनि न्युयोर्कमा चलिरहेको सुटिङमा व्यस्त भएकाले एक–अर्काका लागि समय निकाल्न मुस्किल परिरहेको थियो। सूत्रका अनुसार दुवैको सम्बन्ध सकिए पनि उनीहरू सम्पर्कमा भने रहेका छन्।