संस्कृति संस्कार बचाउने अभियानमा जुटे महिलाहरु

0
Shares

धनवीर दाहाल, मुसिकोट ।
पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नं.१ सालघारीका महिलाहरु पञ्चे वाजा संरक्षणको अभियानमा एकजुट हुन थालेका छन् । पछिल्लो समय लोप हुनै लागेको पञ्चे वाजाको संरक्षण र प्रचार गर्ने भन्दै पञ्चे वाजा आमा समुह निमार्ण गरी उनीहरु एकजुट भएका हुन् ।

३ वर्ष अघि पञ्चे वाजा आमा समुह गठन गरेर नमुना कामको सुरुवात गरेका सालघारीका महिलाहरु हाल विभिन्न कार्यक्रममा सहभागि हुने गरेका छन् । यो आमा समुहले पञ्चे वाजा बजाएरै आएको रकमलाई आमा समुहको वचत खातामा जम्मा गर्दै आईरहेको छ ।

जिल्लाका सरकारी कार्यालय, संघसंस्था, विद्यालय तथा विभिन्न राजनैतिक दलले आयोजना गर्ने कार्यक्रममा पञ्चे बाजा बजाउने आमा समुह सहभागी हुने गरेको छ । आमा समुहका महिलाहरु नै पञ्चे वाजा वजाउने सीपमा पोख्त भएपछि आजभोली आमा समुह जिल्लामा हुने कार्यक्रममा व्यस्त बन्ने गरेको छ ।

लोप हुने अवस्थामा पुगेका पञ्चेबाजाहरुको संरक्षण र प्रचारमा एकैसाथ जुटेको पञ्चेवाजा आमा समुहको सक्रियताले समुदायका अन्य महिलालाई पनि सकरात्मक प्रभाव पर्न थालेको छ । पञ्चे वाजामा माहिर आमा समुह जिल्लामा सक्रिय बन्दै गर्दा पुरुषले मात्रै पञ्चे बाजा बजाउनुपर्छ भन्ने यसअघिको मान्यता समेत तोडिएको छ ।

पञ्चे वाजा आमा समुहकी अध्यक्ष हिरा कुमारी परियार बताउँछिन् । वि.सं.२०७२ साल माघ महिनामा गठन गरिएको यस पञ्चे वाजा आमा समुहले पञ्चेवाजा बजाउँदा आमा समुहको पहिचान झल्किने पोशाक लगाउँदै आईरहेका छन् । कुनैपनि निकायले आयोजना गरेको कार्यक्रममा सहभागि बन्दा पञ्चे वाजा आमा समुहलेपाँच हजार भन्दा बढी नै रकम वाजा वजाए वापत लिने गरेको बताउँछन् ।

पञ्चे बाजा बजाएर आएको रकम कुनैपनि भोजभतेरमा प्रयोग नगरीआमा समुहको वचत खातामा जम्मा गरी समुदायकोसामाजिक कार्यमा प्रयोग गर्ने गरिएको छ । सदियौंदेखी पुरुषले मात्रै अंगाल्ने यो पेशालाई पछिल्लो समय सालघारीको पञ्चे बाजा आमा समुुहले तोडेसंगै यो आमा समुह पञ्चे वाजाको पुरानो संस्कृति र संस्कार बचाउने अभियानमा पनि एकजुट भएको छ ।