उपभोक्ता ठगेको आरोपमा दरबारमार्गका ८ व्यापारी पक्राउ


उपभोक्ता ठगेको आरोपमा दरबारमार्गका ८ व्यापारी पक्राउ

नेपाल समाचारपत्र, काठमाडौ ।

उपभोक्तालाई ठगी गरेको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी छन् ।

लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बाँकी व्यवसायीका सम्बन्धमा भने अनुसन्धान चलिरहेको परिसरले जनाएको छ ।