अबको पचास वर्ष बामपन्थिहरुले सत्ता चालाउँछ: सचिव भट्टराई


रविन भट्टराई, ताप्लेजुङ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको पचास वर्ष बामपन्थि शक्तिले नेपालमा सत्ता चलाउने दावि गर्नुभएको छ ।

बुधबार विहान ताप्लेजुङमा सञ्चारकर्मि सँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको बाम गठबन्धनको चुनावि लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधि सभा मात्रै नभई पचार वर्ष सम्मका सबै चुनाव बामपन्थिहरुलेनै जितेर सत्ता चलाउने बताउनुभएको हो । २००७ साल देखि विचमा केहि समय छोडेर अधिकाँस समय काँग्रेशले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकालेनै विकास र समृद्धिका लागि पनि कम्यूनिष्टहरुको एकता भएको उहाँको भनाई छ ।

विकासको सुरुवात चुनावि एकता पछि प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा एमाले र माओवादि केन्द्रका सबै केन्द्रिय नेता जिल्ला जिल्लाबाट उठ्ने र केन्द्रिय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष बमोजिम आफ्नो उम्मेदवारी गृह जिल्ला ताप्लेजुङबाट दिएको समेत भट्टराईले स्पष्ठ पार्नुभयो ।

ताप्लेजुङलाई विकट जिल्ला भनेर देशभर चिनिए पनि आफुले यो जिल्लालाई नमुना जिल्लाको रुपमा विकास गर्ने लक्ष लिएको र सोहि अनुसारको एजेण्डा लिएर अहिले चुनावि प्रचारको लागि गाउँ गाउँमा हिडिहरको समेत उहाँले बताउनुभयो ।

ताप्लेजुङ भौगोलिक रुपमा हिमालि जिल्ला भए पनि यो जिल्लालाई मुख्य केन्द्र बनाएर नेपाल–भारत–चिन त्रिदेशिय व्यापारको संभावना रहेकोले आफ्नो पहिलो प्राथमिकता चिन जोड्ने सडकको निर्माण सम्पन्न त्यस पछि गाउँ गाउँ सम्म सडक सञ्जाल र शिक्षा रहेको उहाँको भनाई छ ।

उहाँले जिल्लामा आफुले एमाले माओवादि केन्द्र मात्र नभई सबै राजनितिक दलका उच्च नेता सँगको सल्लाहबाट पनि प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दिएको बताउनुभयो ।