बैंकका कर्मचारी सवार माइक्रो दुर्घटनाः १५ जना घाइते

0
Shares

इलाम (नेस) ।
मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा रहेको माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल, काठमाडौं–१५ का ३३ वर्षीय प्रभाष सिंह, काठमाडौंको बुढानिलकण्ठ–१ का ४१ वर्षीय बासुदेव भण्डारी, काठमाण्डौ ताराकिशोर–१० का ४८ वर्षीय ऋषिराम खत्री, काठमाडौं चन्द्रागिरी–१४ का ४१ वर्षीय अशोककुमार कार्की र काठमाडौंको कपन–११ का ५३ वर्षीय मेहरमान गुरुङ छन् ।

त्यस्तै, बागेश्वरी मनहरा–१० का ३५ वर्षीय जुहारीका घोरासैनी, तनहु भिमात–१ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा–९ का ३९ वर्षीय बिष्णुमान जैला, काभ्रेपलान्चोक पनौती नगरपालिका–११ का ४५ वर्षीय बिनोद गिरी, मकवानपुर हेटौडा उपमहानगरपालिका–५ का ५१ वर्षीय बिनोदकुमार पुडासैनी, बाग्लुङ नगरपालिका–११ का ३५ वर्षीय कमल राजुली, सिन्धुपाल्चोक बेलेथी गाउँपालिका–७ का ५१ वर्षीय फलकप्रसाद पराजुली र ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी र इलाम–८ का २५ वर्षीय जीतबहादुर राई पनि घाइते भएका छन् ।

घाइते सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।