बालकृष्ण ढुंगेल पक्राउलाई एमालेले स्वागत गरेपछि वाम गठबन्धन भत्किने संकेत

0
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. वंशिधर मिश्र लगायतले ढुँगेल प्रक्राउको विषयलाई पार्टीले स्वागत गरेको बताएका छन् । नेता वंशिधरका अनुसार, ‘सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नै ढुँगेललाई पक्राउ गरिएको छ, यसलाई हामीले स्वागत नै गरेका छौं, यसको विपक्षमा हाम्रो पार्टी छैन् ।’

माओवादी केन्द्रले ढुंगेल रिहाईको माग गरिरहेका बेला एमालेले स्वागत गरेपछि वाम गठबन्धन भत्किने संकेत देखिएको छ । यस कारणले गर्दा भर्खरै एकता भएको गठबन्धनमा विवाद उत्पन्न भई भत्किन सक्छ । किनकि माओवादी कार्यकर्ता सबै ढुंगेल रिहाईको पक्षमा नै छन् । यो मतभिन्नता स्थानीय स्तरसम्म देखिइ गठबन्धनमा समस्या उठ्ने निश्चित देखिएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता मिश्रले तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै एमाले–माओवादी केन्द्रवीच बनेको गठबन्धनबाट कोही पनि आँत्तिनुपर्ने अवस्था नएको जिकिर गरे ।