फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट



नेपाल समाचारपत्र, काठमाडौ ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ ।

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाउँदा ३ फोरमको भागमा परेको छ ।

धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ । सप्तरीको १ र २ फोरम तथा ३ र ४ राजपाले लिएका छन् । त्यस्तै महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्