जग्गा विवादमा आफ्नै बाबुको हत्या

0
Shares

नेपाल समाचारपत्र, बारा ।
बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर दुई छोराहरुमाथि बाबुको हत्या गरेको अभियोग लागेको छ । छोराहरुको कुटपिटबाट घाइते बनेका जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वासिरा निवासी ५५ वर्षका हीरालाल महतोको उपचारको क्रममा बिहान मृत्यु भएपछि हिरालालका छोरा सुशील र सुनिलमाथि हत्या अभियोग लगेको हो ।

जग्गाको अंस सम्बन्धि विवादमा दुबै मिली बाबुलाई बाँसको भाटाले टाउको लगायत शरीरका अन्य भागमा हानेका थिए । गम्भीर घाइते भएका हिरालालको कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा लगिएको थियो र उपचारका क्रममा बिहान पौने १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताउनुभयो ।