हाँस्दै जेल गए ढुंगेल, १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्ने



काठमाडौ ।
माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको छ।

लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतले फैसला सुनाएपछि जेल चलान गरेको हो।

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन जेल जिवन काट्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्