देशको आर्थिक विकास लागि बाम तालमेल: गोकर्ण विष्ट

0
Shares

अनिल खत्री, गुल्मी ।
नेकपा एमालेका सचिव गोकर्णराज विष्टले आर्थिक सामाजिक हिसावले जनताको जीवनस्तर उठाई जनताले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिष्ट एकता भएको बताएका छन् । मंगलवार बिहान एमाले प्रचार बिभाग गुल्मी प्रेस चौतारी गुल्मीले सदरमुकाम तम्घासमा आयोजीत पत्रकार सम्मेलनमा उनले भने ‘दुई तिरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडी पर्छौ त्यसका लागि स्थीर सरकार बनाउन पनि हाम्रो यो तालमेल हो ।’

लामो समयदेखिको राजनीतिक अस्थीरता आठ नौ महिनामा सरकार परीवर्तन गर्ने अवस्थाका कारण देशको विकास हुन नसकेको भन्दै २ तिहाई बहुमत ल्याई स्थीर सरकार बनाउने देशको तिव्र विकासका लागि यो तालमेल भएको बताए । ‘यो एकता कसैका विरुद्ध लक्षित छैन, देश र जनताको चाहना र आवस्यकतालाई सम्बोधन गर्नका साथै राष्ट्रिय स्वाधिनता र जनताको जीवनस्तर उठानका लागि यो एकता हो’ ।

विष्टले उपचार नपाएर मृत्यू, यूवा पलायन हुने, शिक्षा नपाएर बेरोजगार हुने पर्ने अवस्था अन्त्य गर्र्नुपर्ने आवस्यकता पूरा गर्नका लागि, सुशासन र स्थीर शासन कायम गर्न दुई तिहाई बहुमत चाहिने भएकोले समाजवादको यथार्थतालाई बुझेर यो तालमेल अगाडी बढेको बताए ।

निर्वाचनपछि दुई पार्टीको एकिकरण हुने गरी सहमति भएको पनि बताए । कसै कसैले जुन प्रकारले आशंका गरेका छन त्यो आशंका मेटिने गरी निकटता बढेको छ, यसले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढंगले अगाडी बढ्ने दावी गरे । ‘नेताहरुलाई व्यवस्थापनका धेरै विषयमा पनि छलफल भएको छ’ उनले भने ‘जनताका चाहनाहरुलाई पूरा गर्नेगरी नेताहरुलाई व्यवस्थापन गर्ने कुरा भएको छ ।’

नेपाली काँग्रेका नेताहरुले बाम तालमेल अधिनायबाद ल्याउने तालमेल भनेको प्रति लक्षित गर्दै उनले त्यो अताल्लिएर दिएको अभिव्यक्ति भएको आरोप लगाए । ‘जनमत संग अताल्लिएर यो प्रकारको अभिव्यक्ति आएको त हैन ? भन्ने हामीलाई लागेको छ’ उनले भनये ‘यो शोभनिय हु्ँदैन ।’