फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ



काठमाडौं । हत्या अभियोगमा फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । माओवादी केन्द्रका नेता समेत रहेका नेता ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

हत्याको अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गर्दा पनि उनी लुकिछिपी नै बस्दै आएका थिए ।
ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो । त्यसपछि प्रहरीले ढुंगेलको खोजी तीव्र बनाएको प्रहरी स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्