देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’



काठमाडौ ।
आफूसँग भएको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोस व्यक्त गरेका छन्।

कांग्रेस राप्रपाबीच चुनावी गठबन्धनका लागि भएको सहमतिमा चाहिँ ७ सिट राप्रपालाई दिने उल्लेख छ तर झापा ३ मा चाहीँ राप्रपाको भागमा ३ सिट मात्र पारिएको छ।

तर कांग्रेसको संसदीय समितिले सोमबार प्रतिनिधि सभाको प्रत्यक्षतर्फका थप ७ उम्मेदवारको नाम सार्वजनिक गरिदियो, जसमा झापा ३ बाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने उल्लेख छ।

सिटौलाको नाम सार्वजनिक भएलगत्तै सोमबार दिउसो दुई बजे अध्यक्ष थापा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटमा थापाले देउवासँग सहमती विपरीत उम्मेदवारको नाम सार्वजनिक गरिएको भन्दै आक्रोस पोखेका हुन ।

थापाले आक्रोस पोखेपछि देउवा सिटौलाका कारण आफू अप्ठेरोमा परेको जवाफ दिएका थिए। त्यसपछि सिटौलालाई हटाउनुपर्ने थापाले माग गरेपछि देउवाले आफुँले उनलाई हटउन नसक्ने भन्दै जवाफ दिएका थिए ।

सिटौलालाई ब्याक गराउनु पर्ने माग थापाले राखेपछि ‘सरी, मैले सक्दिन’ भन्ने जवाफ दिए । त्यस्तै देउावासँगको पार्टी बैठक डाकेर झापा ३ बाट महामन्त्री राजेन्द्र लिङ्देनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्