उदयपुर जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो



उदयपुर : उदयपुरको कटारीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या नौँ पुगेको छ। घाइते दुई जनाको उद्धार गरिएको छ। यात्रुको शव भीरमा नै अड्किएका कारण निकाल्न कठिनार्इ भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बरको जिप आज दिउँसो सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना भएको थियो।

जिप भीरबाट पाँच सय मिटर तल खसेको थियो। मृतकको सनाखत हुन सकेको छैन। उकालो सडकमा बढी लोड भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्