गुल्मीमा माइक्रो दुर्घटना: ७ जनाको मृत्यु, ६ जना घाइते (फोटो फिचर)



अनिल खत्री, गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मा माइक्रो दुर्घटना भएको छ ।

दुर्घटनामा ७ जनाको मृत्यु भएको जिलला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले जानकारी दिए । दुर्घटनामा अन्य ६ जना घाइते भएको उनले बताए । वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको छ । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए ।

स्थानीयका अनुसार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना स्थल रिडिबाट नजिक हो ।

प्रतिक्रिया दिनुहोस्