हलिउडमा अर्को यौन उत्पीडनको खुलासा

0
Shares

 

हलिउड अभिनेतृ तथा निर्मात्री अन्ना फारिसले पछिल्लो समयमा आएर यौन उत्पीडनको अनुभव शेयर गरेकी छिन्। फिल्मको सुटिङको क्रममा निर्देशकले गतल तरिकाले आफ्नो संवेदनशील अंगमा स्पर्श गरेको अभिनेतृ अन्ना फारिसले आफैंले होस्ट गर्ने चर्चित शो अनक्वालिफाइड पोडकास्टमा खुलासा गरेकी हुन्।

‘म यस्तो ठाउँमा सुटिङ गरिरहेको थिएँ जहाँ म सिँढीमा थिएँ र मैले दराजबाट किताब निकाल्नुपर्ने दृश्य थियो। त्यही क्रममा निर्देशकले सुटिङ टिमकै अगाडि मेरो शरीरको तल्लो भागमा गलत नियतले हिर्काएका थिए’ –अभिनेतृले खुलासा गरेकी छिन्। त्यो घटनापछि आफू निकै लज्जित भएको र सुटिङ नै खारेज गरेको अभिनेतृ अन्ना फारिसले बताइन्।

अन्ना फारिसको यो खुलासासँगै उनी पनि यौन उत्पीडन र दुव्र्यवहारको खुलेर चर्चा गर्ने महिलाको सूचीमा परेकी छिन्। हलिउड निर्देशक हार्वे वेनस्टिनविरुद्ध अभिनेतृ एन्जेलिना जोली, लिना हेडी, ग्वेनेथ पाल्ट्रोलगायतले यौन दुव्र्यवहारको आरोप लगाएसँगै हलिउडमा यौन उत्पीडनको मुद्दाले सबैको ध्यानाकर्षण गरेको छ। जसको कारणले गर्दा अभिनेतृहरू यौन उत्पीडनको आरोपलाई लिएर अगाडि आइरहेका छन्।
यसैबीच हलिउड निर्देशक हार्वी वाइन्स्टिनप्रति अर्की एक महिलाले बलत्कारको आरोप लगाएकी छिन्। मिमी हलेई नामक उक्त महिलाले सन् २००६ मा कामको सिलसिलामा आफू हार्वीसामु गएका बेला बलात्कृत भएको बताएकी छिन्। उनका अनुसार जब उनले हार्वीको दुव्र्यवहारको रेर्कड गर्न खोजिन् तब उनलाई आफ्नो बच्चाको कोठामा
लगिएको थियो।

एजेन्सीका अनुसार उनले भनेकी छिन्– ‘मलाई एक अँधेरो कोठामा लगियो, कोठाको भित्तामा कुँदिएको आकृति हेरेर मलाई थाहा भयो कि यो बच्चाको कोठा थियो। उनले मलाई दुव्र्यवहार गर्न थाले। मैले आफू बच्नका लागि भरपूर प्रयास गरें, तर त्यो लगभग असम्भव थियो। उक्त समय मेरो महिनावारी चलिरहेको थियो तर पनि उनले मलाई छोडेनन्।’ हलेईले वाइस्टिनको कम्पनीबाटनिर्मित एक प्रोजेक्टमा काम गरेकी छिन्। हार्वी आफ्नी पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर एक नयाँ सम्बन्धमा रहेका छन्।