काठमाडौंमा विजय गोपालको चर्चा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
दोस्रो चरणको निर्वाचनका लागि नेपाली काग्रेसले उमेद्वार छनौट कार्य अन्तिम चरणमा पु¥याएको छ । नगर क्षेत्र हुदै जिल्लाबाट आएका धेरै आकाक्षि उमेद्वारहरु मध्यबाट अन्तिम टुङ्गो लगाउने क्रममा रहेको नेपाली काग्रेसले प्रतिनिधिसभाको लागि अधिकांश उमेद्वारको नाम टुङ्गाइसकेको छ । शिर्ष नेताहरु सहित दोस्रो चरणको निर्वाचनका लागि दुईदिन अघि मात्र २२ जना नेताहरुको क्षेत्र समेत संसदिय समितिले निर्णय गरिसकेको छ ।

प्रमुख बाम घटक दल एमाले र माओबादी केन्द्रले तालमेल गरि निर्वाचनमा सहभागि भएपछि काग्रेसलाई निर्वाचन जित्न सकस हुने अनुमान गरिएको बेला काग्रेसले भने स्थानिय स्तरमा चर्चित र चुनाव जित्न सक्ने नेता छनौट गर्नुपर्ने बाध्यता छ । काग्रेसको यो वाध्यता संगै युवा पुस्ताका नेताहरु चुनावी मैदानमा बाम गठबन्धन संग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा सकेत बसेका छन् ।

आगामी निर्वाचनमा चुनाव चित्ने निश्चिन्तताका साथ बामघटक दलहरुसंग प्रतिस्पर्धा गर्न तम्सिएका युवा नेता हुन विजय गोपाल श्रेष्ठ । एक दशक लामो विद्यार्थि राजनीतिबाट खारिएका श्रेष्ठ स्थानिय स्तरमा लोकप्रिय मात्र छैनन्, विभिन्न संघ संस्था मार्फत सामाजिक कार्यमा निरन्तर सक्रिय भएर स्थानियबासिन्दाको मनमस्तिस्कमा बसेका छन् ।

प्रदेशसभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ८ को ‘क’ बाट उमेद्वारी दिने तयारी गरिहनुभएका विजयगोपालले शीर्ष नेताहरुबाट ग्रिन सिग्नल समेत पाइसकेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान श्रेष्ठ, नविन्द्र राज जोशी लगाएत काग्रेस नेताहरुले पनि विजय गोपाललाई टिकट दिएमा काठमाडौ ८ ‘क’ मा काग्रेसले जित्ने अनुमान गरिसकेका छन् । यो क्षेत्रबाट प्रत्यक्ष तर्फ उमेद्वारको लागि केन्द्रमा सिफारिस भएको तीन जना मध्य एक जना राजेश श्रेष्ठको समानुपातिक सुचिमा नाम परेको बताइएको छ । बाकी रहेका विजय गोपाल र राज्यलक्ष्मी श्रेष्ठ मध्य कस्लाई टिकल दिदा काग्रेसले निर्वाचन जित्छ भन्ने संसदीय समितिमा छलफल भैरहेको छ । टिकटको दाबेदार राज्यलक्ष्मी समानुपातिक तफृबाट निर्वाचन निवर्तमान सांसद हुन ।

नेवार समुदायको बाहुल्य रहेको यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको किलागल हुदै कोहिटीकल बाफल देखि दमकल कार्यालय सम्मको वडा नम्बर १३, १९, २०, २३ र २४ पर्दछ । यो क्षेत्रमा नेवार समुदाय करिब ९० प्रतिशत बसोबास गर्दछन् । यहाँका बासिन्दा प्रायःजसो परोपकार स्कुलमा अध्ययन गरेका र पब्लिक क्याम्पसमा अध्ययनरत धेरै भएकोले आफुलाई मन पराउने धेरै भएको विजयगोपाल बताउछन् । काग्रेसका क्रियाशिल सदस्य समेत धेरै रहेको यो क्षेत्रमा प्रतिनिधिसभामा नविनद्र राज जोशी चुनावि मैदानमा उत्रिएका छन् । युवामात्र मात्र हैन टोल र समुदायमा लोकप्रिय, सामाजिक कार्यमा सक्रिय पुर्व मोडल तथा कोरियोग्राफर विजय गोपाल लोकतान्त्रक आन्दोलनका क्रममा घाइते समेत भएका थिए ।

स्कुलमा नेपालभाषा विषय लिएर एसएलसी परिक्षा समेत दिएका विजयगोपाल लाई नेवार समुदायको वाहुल्य रहेको क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्न सजिलो पनि हुने संसदीय समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई बताएका छन् ।

नेपाल विद्यार्थि संघको काठमाडौं जिल्ला सभापति भैसकेका नेता प्रकाशमान सिंह, गगन थापा, नविनद्रराज जोशी राष्ट्रिय राजनीतिमा स्थापित भैसकेका छन् । १० वर्ष काठमाडौं नेविसंघको जिल्ला नेतृत्व गरेका विजयगोपाल काठमाडौं ८ ‘क’ मा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने दिपेन्द्र श्रेष्ठ काठमाठौं क्षेत्र नम्बर १ ‘क’ मा धर्मराज गौतम क्षेत्र नम्बर ९ ख मा चुनावी प्रतिस्पर्धामा होमिने तयारी गर्दैछन् ।