व्यापारीको हत्यापछि सर्वसाधरण त्रसित

0
Shares

सलिम अन्सारी, प्युठान ।
स्थानीय व्याबसायीको घरभित्रै हत्या भएपछी सर्बसाधारण त्रसित बनेका छन।

नौबहिनी गाउँपालिका–६ बाहानेमा व्यापारी ३५ बर्षिय वसन्त केसिको हत्याले गाउंमा त्रास छ। आफ्नै घरभित्र रातको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित भएको स्थानीयले बताए।साझ बिहान बजारक्षेत्रमा चहलपहल नै हराएको छ।तिहारको भाइटिकाको दिन उनको हत्या भएको थियो।घटना देखेका आसपासका बासिन्दा डराइरहेका छन।
‘व्यापारिको हत्याले सबै डराएका छन,’ स्थानीय महेश थापाले भने,‘साझ परेपछी बजारका सबै जना पसल बन्द गर्छन ।’ घटनापछि सिंगो बजार र गाउँका जनता दुखी बनेको उनले बताएका हुन।

बाहाने बजार गाउँपालिकाको केन्द्रका रुपमा रहेको छ । गाउँपालिकाका स्याउलिवाङ, लिघा, डामृ, खवाङ, फोप्ली र लुङको बजार केन्द्र भएको थापाले बताए । ‘सामान्य झै–झगडा हुने गर्थे,’ उनले भने,‘यो घटनाले सवैलाई स्तब्ध बनायो ।’

व्यवसायीको छाता संगठन प्युठान उद्योग वाणिज्य संघले घटना दुखद भएको जनाएको छ । ‘घटना जघन्य र सुनियोजित छ ।’ संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले भने,‘घटनामा संलग्न सवैलाई कानुनको दायरामा ल्याई कारवाही गर्नुपर्छ।दोषी पत्ता लगाएर कारवाही गर्न उनले प्रहरीसँग आग्रह गरेका छन् ।

श्रीमानको हत्यामा संलग्न दोषीलाई कार्वाही गर्न मृतककी श्रीमती नारायणी केसीले माग गरिन। श्रीमानको किरिया बसेकि केसी अढाई वर्षको छोरी सहित जिल्ला प्रहरी कार्यालयमा पुगेर दोषीलाई कारवाही गर्न माग गरेकि हुन।

उनले घटनाको निस्पक्ष छानविन गर्न समेत आग्रह गरेकि छिन। घटनाको आरोपमा पक्राउ परेका केहि व्यक्तिलाई छुटाउन राजनीतिक दल लागेको भन्दै उनले दुख व्यक्त गरिन। ‘प्रहरी प्रशासनले दोषीलाई कारवाही गरि न्याय दिनेछ,’ उनले भनिन,‘दोषीलाई राजनीतिक संरक्षण नहोस् ।’

केसीको हत्यासँगै दश लाख भारतीय रुपैयाँ, अढाई लाख नेपाली रुपैयाँ, दश तोला सुन र २० हजारको रिचार्ज कार्ड चोरि भएको परिवारिक श्रोतले जनाएको हो। मृतक केसीको १४ वर्षीया छोरी, १२ वर्षीय छोरा र अढाई वर्षीया छोरी छन्।

घटनाको आरोपमा प्रहरीले सोही घरका छिमेकीलाई पक्राउ गरि अन’सन्धान गरिरहेको जनाएको छ । घटनाको आरोपमा छिमेकी १७ वर्षीय अमरजित केसी, २३ वर्षीय मन्जित केसी र ५९वर्षीय शेर बहादुर केसीलाई पक्राउ गरि अन’सन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले बताए।

‘भौतिक सवलाइ ल्यावमा परिक्षणका लागि केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाईएको छ’ उनले भने,‘पक्राउ परेकाहरुको वयान सुरु हुंदैछ । चोरि भएको केही पैसा बरामत गरेको र थप खोजतलास जारी रहेको प्रहरी नायव उपरिक्षक पोख्रेलले बताए। । उनले कतैबाट पनि राजनीति दवाव नआएको बताए। । ‘प्रहरी फ्रेस रुपमा काम गरिरहेको छ,’ पोख्रेलले भने।

पैसाको निम्ति ब्याबसायिको घरभित्रै हत्या गरिएपछी जिल्लाका ब्यापारिक समुदायमा समेत मनोबैज्ञानिक त्रास छाएको छ।