ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

0
Shares

ईन्द्र गिरी, संखुवाभसा ।

संखुवासभाको चिचिलामा ट्याक्टर दुर्घटना हँुदा २ जनाको ज्यान गएको छ । ट्याक्टर दुर्घटनामा परी खादवारी नगरपालीका १ का चालक लक्षमण गुरुङ र मकालु गाउपालीका ५ का पासाङ शेर्पाको मृत्यु भएको हो ।

जिल्लाको खादवारीबाट किनारा सामान लिएर गएको को २ त ५५५६ नम्वरको ट्याक्टर शनिवार राती १० बजे सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना चालकले अत्यधिक मदिरा सेवन गरि तिव्र गतिमा गुडाएको कारण दुर्घटना भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनु भयो ।

ट्याक्टर सहचालक रामकुमार दर्जिलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ ।