सर्वोच्चको आदेशपछि मतपत्र छाप्ने काम रोकियो, निर्णयका लागि कानुनविदसंग छलफल गर्दै



नेपाल समाचारपत्र, काठमाडौं ।
निर्वाचन आयोगले सर्वोच्चको आदेश पाएसँगै मतपत्र छपाइको काम रोकेको छ। गत बुधबार सर्वोच्च अदालतले दिएको आदेश शनिबार प्राप्त भएपछि आयोगको शुक्रबारदेखि सुरु गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छपाइको काम स्थगति भएको हो।

सर्वोच्चले गत बुधबार प्रत्यक्ष तर्फ दुबै सभाको मतपत्र अलग–अलग छाप्ने बारे भएको काम तथा सुनिश्चितताको प्रगति विवरण माग गरेपछि आयोगले छलफल गर्न लागेको हो । आयोगकै कार्यालयमा आइतबार कानुनविदलाई बोलाएर छलफल गर्न लागिएको बताइएको छ । छलफलमा मतपत्र छुट्टाछुट्टै वा एउटै बनाउने विषयमा हुने भनिएको मछ ।

मतपत्रको आदेश सम्बन्धमा कानुनी , प्राविधिक र व्यवहारिक सबै दृष्टिकोणले छलफल गरी निर्णय लिने उहाँको भनाई छ । सर्वोच्चले कात्तिक १ मा प्रत्यक्ष तर्फ दुबै सभाको मतपत्र अलग–अलग छाप्नुपर्ने आशयको आदेश दिएको थियो ।

यद्यपि निर्वाचन आयोगले दुबै सभाका लागि एउटै मतपत्र छाप्ने तयारी गरेपछि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै जवाफसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्