झोलेका दिन गए

0
Shares

 

अहिलेको मौसम चुनावको मौसम देशभर चुनावको रौनक शुरु भएपछि टिकट माग्नेहरूको भीड राजधानीमा लागेको छ। टिकट लिने र दिनेबीचको अवैध सम्बन्धले धरहरालाई झस्काएको छ।

यो देशमा निष्ठाको राजनीति गर्नेले टिकट नपाउने, चम्चे, धुपौरे र गाँठवालाले टिकट पाएपछि झोले कार्यकर्ताले टिकट पाउने अवस्था रहेन। पैसा, सोसफोर्सले पनि टिकट नपाएपछि ती कार्यकर्ता अर्को पार्टी परिर्वतन गरेर टिकट लिने गरेको दृश्य पछिल्लो समय निकै देखिएको छ।

वर्षौंदेखि पार्टीका लागि काम गर्ने कार्यकर्ताको छातीमा टेकेर अर्को पार्टीबाट आएको धुपौरेले टिकट लिने गरेको देखेपछि धरहराको मन धुरुधुरु रोएको छ। हैन आयातितलाई आफ्नो ठन्ने र सधैं आफ्नो झोला बोक्ने कार्यकर्तालाई पराइ ठान्ने परम्पराको अन्त्य कहिले होला? त्यसको पर्खामा छ धरहरा। बाँकी आफै बुझ्नुस है पाठकवृन्द?