ट्विङ्कल विवादमा

0
Shares

 

बलिउड नायिका ट्विङ्कल खन्नाको हालै गरिएको एक फोटोसुट बाहिरिएको छ। जसका कारण उनी चर्चा र विवादमा एकैपटक मुछिएकी छिन्।

किताबको चाङमाथि बसिरहेको उनको यो फोटो उनी आफैंले आफ्नो इन्स्टाग्राम तथा ट्विटरमार्फत सार्वजनिक गरेकी हुन्। उनको यस्तो फोटो बाहिरिएपछि ट्रोल भएकी उनलाई उनको फलोअर्सले किताबको सम्मान गर्नुपर्ने सल्लाह दिँदै किताब सरस्वतीको प्रतीक भएको, किताबमाथि खुट्टा राख्न नहुने तथा भारतमा किताबको पूजा गरिने ट्विट गरेका छन्।

आफ्नो फोटोमा यस्तो प्रतिक्रिया आएपछि उनले सफाइ पनि दिएकी छिन्। उनले लेखेकी छिन्– ‘फोटोमा मेरो खुट्टा स्टुलमाथि राखिएको छ। किनभने म मेरो खुट्टाको धूलो किताबको कभरमा लागोस् भन्ने चाहँदिन। यसका अलावा मलाई किताबमाथि बस्न, किताबसामु सुत्न तथा बाथरुममा पढ्नका लागि किताब राख्न पनि समस्या छैन। जब तपाईं किताब पढ्नुहुन्छ तब मात्र बुद्धीको देवता तपार्इंसामु आउँछन्, पूजा गरेर होइन। यस किताबी किराको तर्फबाट तपाईंहरुलाई धेरै खुसी र माया।’