सिम्रनलाई अवार्ड

0
Shares

 

अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड लक्जरी ब्रान्ड मोडल अवार्डअन्तर्गत ब्राइडल अवार्ड २०१७ मा नेपाली चेली सिम्रन खड्काले चौथो स्थान हासिल गरेकी छिन्।

दक्षिण कोरियाको सउल शहरमा सम्पन्न प्रतियोगितामा उनले १९ देशका सहभागी मोडललाई पछि पार्दै चौथो स्थान अर्थात् थर्ड रनरअपको अवार्ड चुमेकी हुन्। उनले अवार्डको साथमा ५० लाख कोरियन वन र मेडलसमेत हात पारेकी छन्।

अवार्डमा कोरियाकी चोई यिवनसुले शीर्ष अवार्ड हात पारेकी छन् भने रसियाकी अनिता स्टाफिभाले सेकेन्ड रनर्सअप र मंगोलियाकी अनुदार दास दोर्जले सेकेन्ड रनर्सअपको उपाधि जितिन्।