‘क्रियाशील पत्रकार संघ दाङ’ गठन

0
Shares

कठमाडौं । दाङमा क्रियाशील पत्रकार संघ गठन गरिएको छ । जिल्लामा क्रियाशील पत्रकारको शुक्रवार दाङको तुलसीपुरमा भएको भेलाले पत्रकार गोपाल शर्मा भट्टराईको अध्यक्षतामा क्रियाशील पत्रकार संघ दाङको कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सर्मिला डीसी, सचिवमा गणेश आचार्य, कोषाध्यक्षमा दिपक बोहरा,सह सचिवमा सविता सुनार निर्वा्चित भएका छन् । समितिको सदस्यमा लक्ष्मण बस्नेत, चेतन रेग्मी, राकेश बस्नेत, प्रकास डाँगी, यमकला भुषाल, निरला अर्याल, अञ्जना चौधरी, विकास डाँगी, तुलसीराम वली, वालकृष्ण पाण्डे रहेका छन् । भेला पत्रकार सुशील बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।