मेलामा आमेष र अशिष्माको रोमान्स

0
Shares

रिलिज डेट नजिकिँदै गरेको बेला फिल्म मेलाको अर्को गीत सार्वजनिक गरिएको छ। आगामी कात्तिक २४ गते रिलिज हुने मेलाको रोमान्टिक गीत रिलिज गरिएको हो।

फिल्मको यो मुटुमा अब तिम्रो बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मीले रोमान्स गरेका छन्। गीतमा आमेश र अशिष्माले एकअर्काभित्र हराएर आफ्नो जिन्दगी खास बनाउने कुरा गरेका छन्। पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर रहेको गीतमा संगीतकार तथा गायक अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतमा अभिनेत्री पवित्रा आचार्यले कोरियोग्राफी गरेकी छिन्।

आमेष भण्डारी र अशिष्मा नकर्मीका साथमा सलोन बस्नेत, बसन्त भट्ट, निरज श्रेष्ठलगायतका कलाकारले मूख्य भूमिकामा अभिनय गरेको फिल्म राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुति तयार भएको छ भने फिल्मको निर्देशन बसन्त निरौलाले निर्देशन गरेका छन्। हरि पन्तको लेखन र प्रस्तुति तथा मनोज के मरोडियाको निर्माण रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहेको छ।