वाम गठबन्धन मजबुत बनाउन सन्देशमूलक कार्यक्रम



 

वीरबहादुर बम, मुगु
सदरमुकाम गमगढी शुक्रबार वाम गठबन्धनलाई मजबुत पार्न भन्दै नेपका एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी जिल्लामा पनि केन्द्रको नीतिअनुसार काम गर्ने गरी पाटी एकता संयोजक समिति गठन गरी सहमतीय हिसाबमा कार्य अगाडि बढाइने कुरा संयुक्त पत्रकार सम्मेलनमा बताएको छ। कात्तिक ९ गते संयुक्त बैठक बसी ६ वटा महत्त्वपूर्ण बुँदामा निर्णय भई कार्यान्वयनमा लैजान र बाम एकतालाई आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावमा मुगुबाट प्रतिनिधित्व गर्न हामीहरू पनि मुगु र समग्र देशको भलोका लागि केन्द्रको निर्णयअनुसार ६० र ४० को भाग बन्डाअनुसार मुगुमा माओवादी केन्द्रको भागमा कुनै पनि उम्मेदवारी नपाए पनि आफूहरूले सूर्य चिन्हमा मतदान गर्ने कुरा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मंगलबहादुर शाहीले बताए।

जिल्लामा कार्यकर्ताबीच फाटो नहोस र गठबन्दनको निर्णय बेगर आफ्ना कार्यकर्ताले आफ्नो चिन्हमा भोट हालोस् र समानुपातिकमा भने आ–आफ्नै पाटीमा मतदान गर्ने गरी बाम एकता गरिएको आफ्ना कार्यकर्तामाझ बताउँदै आएका छन्। आफ्नो पक्षमा मतदान गर्न वाम एकतामा फाटो नआओस् भन्ने उद्देश्यले जिल्लामा पनि पाटी एकता संयोजक समितिमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मंगलबहादुर शाहीलाई तोकि ९ सदस्यीय समिति गठन गरिएको सयुक्त निर्वाचन परिचालन समिति बनाइएको छ भने संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरिनेछ। निर्वाचनलाई सहज बनाउन मूल समिति, स्थानीय तहमा निर्वाचन परिचालन समिति र उपसमिति गठन गरिने जिल्ला र गाउँमा १४ गते संयुक्त सन्देश सभा गठन गरिनेलगायतका निर्णयले पाटी एकता मजबुद्ध हुने ठहरी सोअनुसारका निर्णय भएको जिल्ला कमिटि मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताउँनुभयो।

जिल्ला बासीलाई वाम गठबन्धनको सन्देश फैलाउन वाम गठबनधन संयुक्त निर्वाचन सन्देश सभा कार्यक्रम गरी सदरमुकाम गमगढीमा र्याली र कोण सभाको आयोजना गरी सबैलाई वाम गठबन्धनमा दुविधामा नरहन गठबन्धनको निर्णयमा मतदान गर्न दुबै पाटीका नेताले आफ्ना कार्यकर्तालाई मन्तव्यमार्फत् अपिलसमेत गरेका थिए। मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा माओवादी केन्द्रले मुगुमा भने कुनै उम्मेदवारी दिएको छैन। बिगतदेखिको द्वन्द्वरत नेकपा एमाले र माओवादीको शित युद्धको अन्त्य गर्न जस्तुसुकै सन्देशमूलक कार्यक्रम सञ्चालन गरी दूरी कम गरी जनमत आफ्नो पक्षमा पार्ने कुरा वाम गठबन्धन आयोजकले बताए।

प्रतिक्रिया दिनुहोस्