पल र आँचलको रोमान्स

0
Shares

 

अभिनेता पल शाह तथा अभिनेतृ आँचल शर्माको जोडी फिल्मको पर्दामा त हिट छ नै। उनीहरुको जोडीले विगतमा केही फिल्म उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेको छ भने दुईबीच अफेयर्सको चर्चा पनि चल्ने गरेको छ। पछिल्लो समय मह सञ्चारको फिल्म शत्रु गतेमा काम गरिरहेको यो जोडिले एउटा रोमान्टिक म्युजिक भिडियोमा रोमान्स पनि गरेको छ।

गायक राजेश लामाको स्वरको जानी नजानी गीतको म्युजिक भिडियोमार्फत पल र आँचलको जोडी पुनः एकपटक दर्शक तथा स्रँेतामाझ आएको छ। गायक लामाले विगतमा नक्कली नानी बोलको गीतबाट स्रोताका मन जितिसकेका छन्। विकास सुवेदीद्वारा निर्देशित उक्त गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका संगीत सुन्न सकिन्छ। अनिल के मानन्धरद्वारा छायांकन गरिएको गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।