बझाङमा जिप दुर्घटना, दश जना घाईते, चारको अवस्था चिन्ताजनक

0
Shares

ललित सिंह, बझाङ । सदरमुकाम चैनपुर बाट बागथला तर्फ जांदै गरेको जिप दुर्घटनामा परी १० जना घाइते भएका छन । से १ ज ८६१ नम्बरको जीप केदारस्युं गाउपालीकाको रायलमा दुर्घटना भएको थियो ।
घाईते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सिकीस्त घाईते हुनेका केदारस्युं गाउपालीका १ का ३८ बर्षिया पशुपती मल्ल, ३६ बर्षिया ईश्वर मल्ल, सोही गाउपालीका २ का २८ बर्षिया कुमार ओखेडा र २८ बर्षिया जमुना बोहरा रहेका छन् ।

अन्य घाईतेहरुको अवस्था सामान्य भए पनी उनीहरुको अवस्था भने चिन्ताजनक रहेको प्रहरीको भनाई छ । के कती कारणले दुर्घटना भएको हो भन्ने एकीन नभएको तर प्रहरीको टोली घटना स्थल तर्फ खटीगएको जनाईएको छ । गम्भिर घाइतेलाई उपचारका लागी नेपालगंज रिफर गरिएको छ । सामान्य घाईते सबैको उपचार रायल स्वास्थ्य चौकीमा भई रहेको छ ।