भूकम्प पीडितकाे जस्तापाता बेच्न खाजेका कांग्रेस नेता महतको उम्मेदवारी खारेजीका लागि उजुरी !


नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका एक जनाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । भूकम्प पीडितका लागि बैंकले सहयोग गरेको जस्तापाता बेच्न खोजेको आरोप लगेका नुवाकोट कांग्रेसका पूर्व सचिव रमेशकुमार महतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो । उनले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन ।
जस्ताकाण्डमा विवादित बनेपछि तत्कालीन अर्थमन्त्री डा रामशरण महतले उनलाई स्वकीय सचिवको जिम्मेबारीबाट समेत मुक्त गरेका थिए । महतले सरकारी नियुक्ति लिएकाले उम्मेदवारी खारेजीको माग उजुरीमा गरिएको छ । पन्चकन्या गाउंपालिकाको कविलास स्थायी घर भएका महतको उम्मेदवारी खारेजीको माग गर्दै नुवाकोटको विदुरमा रहेको १ नं. निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । निर्वाचन अधिकृत गोपाल लामिछानेले महतको विरुद्धमा उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि छनविनको काम भइरहेको बताएका छन ।
महत कृषि विकास वैंक सञ्चालक समितिका सदस्य हुन । उनी लामो समयदेखि बैंक सञ्चालक समितिमा रहँदै आएका छन । उनको उम्मेदवारी प्रचलित कानुन विपरित रहेको उजुरीकर्ता ज्ञानवहादुर तामाङल बताएका छन । निर्वाचन अधिकृतको कार्यालयले दावी उजुरी र वचाउका लागि आज दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको छ ।