पन्चेबाजामा वाख्खै वाख्खै, डल्लेमा सराएँ नाचियो

0
Shares

सलिम अन्सारी, प्युठान ।
तरवार नचाउंदै पंचेबाजाको तालमा नाच्दै देखाइने सराएं प्युठानको प्राचीन र प्रशिद्ध जात्रा हो। खुंदा भाला तरवार ढाल लगायत घरेलु हतियारको प्रयोग गरि युद्धको झल्को दिने गरि सराए नाचिन्छ।परम्परागत रुपमा खेलिदै आएको सराएँ यो बर्ष पनि बृहत प्रदर्शन गरिएको छ।
भाइटिकाको भोलिपल्ट यहाँ सराए खेल्ने र हेर्नेको भिड लाग्छ। पन्चेबाजाको तालमा सयौ युवाहरुले एउटै आवाजमा ुवाख्खै वाख्खैु गर्दै हातमा तरवार लिएर एउटै तालमा नाचे भने हजारौ दर्शकलाइ नचाए पनि।

बुढापाकाको भनाइमा वाख्खै भनेको उ खै हो। ५ सय ६३ बर्ष पहिले जांट बंशिय राजाको राक्षसि स्वभावका बिरुद्ध जनताले तरवार उठाएको घटनासंग यो सराए नाच जोडिएको छ।विभिन्न स्थानबाट तरबार लिएर आएका जनताले राजालाइ मारेको संझनामा डल्लेको मौलो बनाइ प्रत्यक बर्ष ड्ल्ले बगैचामा सराए नाच्न थालिएको किवंदन्ती छ।

दानबिय स्वभावका ती राजाले चाहेका बेला स्थानियले बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानियले उनैको भारदार र श्रीमतीको योजनामा खेददै लखेटेर ड्ल्लेमा मारेको बताइन्छ।

युद्धकलासंग सम्वन्धित सराएँ नाच हेर्नका लागि छिमेकी जिल्ला रोल्पा,दाङ,अर्घाखांची गुल्मी लगायतका क्षेत्रबाट समेत स्थानिय आउने गर्छन।मेलामा स्थानिय उत्पादनका व्यापार हुनुका साथै भारतको कृष्णनगर, बहराइन,लखनउबाट समेत व्यापारी आउने गर्छन।यसपर्बमा उनिहरुले विभिन्न किसिमका मिठाइका परिकार बनाएर बेच्ने गर्छन।

सराएं नाच हेर्न र मेलामा किनमेल गर्न, आफन्त भेट्घाट गर्न तिहारबाट घर आएकाहरुले यस्लाइ अबसरका रुपमा लिने गर्छन।जिल्लाको बिजयनगर,सापडाडां,रम्दी,खैरा,खलङ्गा,सारिबाङ,मरन्ठाना,पुर्ण्यखोला,रजवारा लगायतका स्थानका सराए टोलि डल्लेमा नाचेर रमाइलो गर्छन।आ(आफ्ना पहिचानमा दिदिबहिनीले लगाइदिएका माला लगाएर आएका टोलिहरुमा मौलोमा पहिला पुग्ने प्रतिस्पर्धा समेत हुन्छ।पुर्णयखोलाको टोलि पहिला नपुगे अनिष्ठ हुने मान्यताले अहिलेसम्म पुर्ण्यखोलाले आफ्नो साख जोगाएको स्थानीय बताउछन।

धानखेती भित्राएर खाली रहेको झिमरुक फांटमा सराए नाचको कला देखाउने गरिन्छ।कसै कसैले एकैपटक ४र५ वटा सम्म तरवार नचाउन सक्ने क्षमता देखाउने गर्छन।पछिल्लो बर्ष ड्ल्ले सराएं नाचको प्रबर्द्धनका लागि राम्रो कला प्रदर्शन गर्ने टोलिलाइ पुरुस्कृत गर्न थालिएपछी यस्को चर्चा झनै चुलिएको छ।

परम्परागत रुपमा संचालन हुँदै आएको मेलालाइ ब्यबस्थित गर्न तथा जिल्लामा विभिन्न क्षेत्रमा हुने सराए नाचलाइ हौसला दिन प्रतियोगिता संचालन गरिएको हो।ऐतिहासिक महत्त्व राख्ने डल्ले सराएँ हरेक बर्ष तिहारको अबसरमा खेलिन्छ।