खै कहाँ गयो त्यो लोक सँस्कृती ?


सलिम अन्सारी, प्यूठान ।
सोरठी, मारुनी नाच, माडीखोले नाच, झुम्रा नाच, गररा नाच प्यूठानका मगरबस्तीहरुमा प्रचलित लोक नृत्य हुन । बिशेष गरि यी नृत्य तिहारका बेला प्रस्तुत गर्ने चलन छ । अहिले पनी दर्जनौ लोकनृत्य पहिचानका रुपमा छन । केहि त जनजिव्रोमा सिमीत छन भने केहि मेलापर्व र छिटपुट सभासमारोह र प्रदर्शनीमा सिमीत बन्न पुगेका छन ।

यि सँस्कृतीको जिल्लामा सँरक्षण हुन सकेको छैन। यहाँ स्थानीय मगर समुदायहरुमा लोकप्रीय यस्ता लोकनृत्य पौरार्णिक ग्रन्थहरुमा बर्णित जैसिगे राजा र सोरठी रानीको जीवनकथामा आधारित छ । कथामा सोरठी रानीलाइ बिभिन्न उपमा र व्याख्यामा प्रस्तुत गरिन्छ । चौबन्दी चोली गुन्यु पटुकी दौरा सुरुवाल र अन्य श्रृगारमा सजिन्छन । पुरुष महिलाको भेषमा र पुरुष माश्रनी भइ नाचिने यस नाचका अनौठो ताल र सुर छन। सोरठी नाचको सुरु देउता बोलाएर गरिन्छ। भनिन्छ गीत र मादलको तालमा नाचिने यस्ता नाचमा मारुनीहरुमा देवत्तव अवतरित हुन्छ। देयता चढेपछि मारुनीहरु बेहोसमै नाच्ने गर्छन।

गितका टुक्का र मादलको तालमेल तलमाथी भएमा वा ताल बिग्रीएमा मारुनी बिहोस हुने बिश्वास गरिन्छ। नाचमा दुइ मारुनी एक पुरुषुगेँ र दर्जनौ गीत छोप्ने गरुवा सहभागी हुन्छन। आफनै बिशिष्ट कला र सँस्कृतीको झल्को दिने हुँदा यहाँको आदिवासी जनजाती र अन्य समुदायहरुमा सोरठी लोकप्रीय छ। आधुनिक सँस्कृती,बाह्रयकला,सभ्यता,भडकीलो फेसन र गाउँहरुमा भित्रिदै गएको मोवाइल कल्चरको चर्को प्रभावले पुर्खयौली पहिचान बोकेको नाच कतै लोप हुने त होइन ?

हिजोआज सोरठी लोपउन्मुख अवस्थामा छ।पहिले सोरठीहेर्नेको भीड लाग्थयोसअहिले नाच्ने कलाकार र सोरठीको सँगीत र लयको ज्ञान नहुँदा यस्को लोकप्रीयता घटदो छ। पौरार्णीक काल देखि नाचिदै आएको सोरठीको सँरक्षणमा अहिले युवापुस्ताको चासो र सक्रियता अझ बढनुपर्नेमा घटदै गएको भनेर चिन्ता व्याक्त गर्छन सरुमारानी ३ प्यूठानका स्थानीय पुर्खसिँ सुनार । आधुनिक्ताको अतिक्रमणले मौलिक लोकलयमा आधारित पुराना सँस्कृती लोप हुने त होइन उनि भन्दै थिए।
लक्ष्मीपुजा देखि तिहारको एकादशीसम्म गाउँभरी डुलेर सोरठी गाउने गरेको उनको अनुभव छ। पछिल्ला बर्षहरुमा तिहारमा गाउने देउँसीभैलोहरुमा सोरठी गीत गाइनुको साटो सिडी क्यासेटको गीत बजाउन थालिएपछि मौलिक लोकलयमा आधारित मारुनी,नचरी,गररा,ख्याली लोप हुने स्थितीमा पुगेको छ।