बिचरा ओलीज्यू

0
Shares

 

शनिबार नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मलेन केन्द्रमा बिहानै देखि तामझाम देख्न पाइयो। व्यवस्थापिका संसद्को अवधि समाप्त हुने दिन। संसद्को अन्तिम बैठक बस्नुअघि सामुहिक फोटो खिचाउने कार्यक्रम पनि थियो।

फोटो खिच्न सबै मन्त्री, सांसद् संसद् भवन अघि जम्मा भए। तर कमरेड केपी शर्मा ओलीज्यूले त फोटो खिच्नै पाउनुभएन। रुचि नभएर हो की भन्ने धराहराको अनुमान तर होइन रहेछ त्यहाँ त ओलीज्यूलाई ठाउँ नै थिएन फोटो खिचाउन।

उहाँ फोटो नखिचाइकन लुरुलुरु हिड्न थाल्नुभयो। सभामुखले बोलाउनुभयो तर उहाँ नफर्कीकन त्यहाँबाट कुलेलाम ठोक्नुभयो। बिचरा कमरेडज्यू संसद्को अन्तिम दिन त्समाथि देशको प्रधानमन्त्री भइसकेका एक ‘क्लिक’ फोटोसमेत खिचाउन पाउनुभएन। कठैबरा।।