प्रियंका नारीवादी !

0
Shares

बलिउडमा मात्र होइन हलिउडमा समेत आफ्नो क्षमता देखाएर चर्चा पाएकी बलिउड नायिका प्रियंका चोपडाले आफूलाई नारीवादी भएको बताएकी छिन्। ‘नारीवादी हुनुभनेको पुरुषलाई धम्क्याउनु होइन र उनीहरुको बेवास्ता गर्नु पनि होइन’, उनले भनेकी छिन्– ‘नारीवादको मतलव यो हो कि जुन निर्णय म लिन्छु, उक्त निणर्यलाई आधार मानेर मलाई अवसर दिनु हो। नारीवादका लागि पुरुषको आवश्यकता छ।’ उनले कसैले नारीवादलाई नकार्दा सबैभन्दा निराश लाग्ने बताएकी छिन्।

‘मेरो यस्ता धेरै साथीहरु छन्, जो आफूलाई नारीवादी होइन भन्छन्। उनीहरु किन यस्तो भन्छन् म यो कुरा बुझ्दिन। नारीवादको आवश्यकता नै यसका लागि हो किनकि नारी र पुरुषको अधिकार समान थिएन’ –उनले भनेकी छिन्।