नागढुङ्गाबाट लागु औषधी सहित दुई पक्राउ

0
Shares

काठमाडौं । बाराबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८७९ न. को यात्रुवाहक बसबाट लागु औषधी सहित दुई जना पक्राउ परेका छन् ।

बारा जिल्ला बारागढी गाउँपालिका–१ पिप्रा वसतपुर घर भएका वर्ष २४ का लक्ष्मण शाह र सोही स्थान बस्ने वर्ष २५ का जोगिन्दर सहनीलाई नागढुङ्गाबाट लागु औषधी सहित पक्राउ गरेको छ ।

उनीहरुले झोलामा लुकाएर ल्याएको डाइजेपाम ८५ एम्पुल, फेनार्गन ८० एम्पुल तथा नुफिन ९७  एम्पुल गरिजम्मा २६२ एम्पुल लागु औषधी बरामद गरिएको छ ।

नियमित चेकजाँच को क्रममा पक्राउ गरि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । निजको सहयोगमा काभ्रे नमोवुद्ध–घर हुने २९ वर्षीय गोपाल श्रेष्ठलाई समेत कलंकीबाट पक्राउ गरी थप अनुसन्धानको लागि म. प्र.वृत्त थानकोट पठाइएको छ।