सन्नी लियोनीलाई कण्डमले डुबायो !

0
Shares

काठमाडौं । भारतका राजनीतिक पार्टी तथा सर्वसाधरण यतिखेर सन्नी लियोनीको बिरोधमा उत्रिएका छन् । पूर्ब पोर्नस्टार तथा हालकी बलिउड अभिनेत्री सन्नी लियोनीले खेलेको कण्डमको विज्ञापनको कारण उनी बिबादमा मुछिएकी हुन् ।

केही समयअघि भारतको गोवाका सर्वसाधरणहरुले सन्नीको कण्डम विज्ञापन बन्द हुनुपर्ने भन्दै बिरोध गरेका थिए । तर पछिल्लो समय रिपब्लिकन पार्टी अफ इन्डियाको महिला विभागले पनि सन्नीले खेलेको विज्ञापनको विरोध गर्दै रोक लगाउन माग गरेका छन् । उक्त पार्टीको महिला विभागले विज्ञापन बन्द नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।