दशैँको समयमा काठमाडौँमा अपराधका ८२ मुद्दा दर्ता

0
Shares

काठमाडौँ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा आपराधिक क्रियाकलापमा संलग्न एक हजार ७९० जनालाई पक्राउ गरेको छ ।

परिसरले दशैँ सुरक्षा योजनाअन्तर्गत घटस्थापनादेखि पूर्णीमासम्म चलाएको कारबाहीमा पक्राउ परेकामध्ये एक हजार ५८७ जनालाई अनुसन्धान पश्चात् छाडिएको र बाँकी नियन्त्रणमा रहेका २०३ जनाबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामदत्त जोशीले जनाजानकारी दिनुभयो ।

प्रहरीले गत वर्षको दशैँ अवधिभर ४१७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ३२९ जना बिरुद्ध मुद्दा दर्ता भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।