दीपिकालाई देखेर आलिया दंग

0
Shares

 

कलाकारहरू प्रतिस्पर्धामा जानुपर्ने भनेपछि जतिसक्दो अरूको कुरा काट्छन् र एक–अर्काको प्रशंसा गर्न रुचाउँदैनन्। फिल्म क्षेत्रमा आम मान्यता यही छ। तर, आलिया भट्टको कुरा भने बेग्लै छ। आलियाले आफ्नो सहप्रतिस्पर्धी बलिउड सुन्दरी दीपिका पादुकोणको कामको प्रशंसा गरेकी छिन्।

हालै मात्र बलिउड हस्ती सञ्जय लीला वंशाालीको फिल्म पद्मावतीको दीपिका पादुकोणको लुक्स रिलिज गरिएपछि त्यसलाई धेरैले मन पराए। आलिया भट्ट त्यसलाई देखेर उछालिइन्। त्यसपछि उनको मनमा पनि एउटा लालशा पैदा भयो।

मुम्बईमा मामी फिल्म फेस्टिवलअन्तर्गत आयोजित मुभी मेलामा आलिया र रणवीर कपुरका साथ एक अन्तरक्रिया भयो। जसलाई करण जौहरले होस्ट गरेका थिए। त्यस क्रममा आलियाले भनिन् कि– ‘दीपिकाको पद्मावती लुक्स देखेर मलाई पनि यस्तै केही गर्नुपर्छ भन्ने लाग्यो। कट्रिना कैफको कमली वाला डान्स हेरेर पनि म सम्मोहित भएकी थिएँ। र, मैले उनले जस्तो गर्ने कोशिस पनि गरेकी थिएँ।’ सोही क्रममा आलियाले स्टारहरूको फोटो खिच्ने मिडियाकर्मीसँग आफ्नो कुनै गुनासो नरहेको पनि बताइन्। भनिन्– ‘मेरो पापाको बर्थडेमा फूल आउने गथ्र्यो, पछि बन्द भयो। त्यसैले म फ्यानलाई सधैं स्वागत गर्छु।’

कुराकानीका क्रममा आलियाले बाहुबली र दंगल जस्ता फिल्मले हलिउडको रट लगाउन बन्द गर्नुपर्ने सावित गरिदिएको पनि बताएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अन्तुरक्रियाका क्रममा रणवीर कपुरले पनि खुलेर कुरा गर्दै आफ्नो इमेज लुज क्यारेक्टरजस्तो बनाइएको गुनासो गरे।