चार कदमको भिडियो सार्वजनिक

0
Shares

 

गायक अविनाश न्यौपानेको दोस्रो गीति अडियो एल्बममा समावेश चार कदम बोलको पपगीत सार्वजनिक भएको छ।

विश्वबन्धु न्यौपानेद्वारा रचित गीतमा हरि कँडेलको संगीत रहेको छ भने विनय केटुको संगीत संयोजन रहेको छ।

यो गीतको म्युक भिडियो पनि सार्वजनिक गरिएको छ। म्युजिक भिडियोको निर्देशन दिनेश बस्नेतले गरेका छन्। सुलभ अधिकारीको छायांकन रहेको भिडियोको सम्पादन भीम बीसीले गरेका छन्।

वि वान क्रिउको नृत्य रहेको म्युजिक भिडियोमा निखिल बीसीको कोरियोग्राफी रहेको छ। छोटो समयमा दर्शक तथा स्रोताहरूको मन जित्न सफल न्यौपानेले यसअघि नीलो आकाश, मायालु, झिल्के साइँलोलगायतका गीति एल्बम बजारमा ल्याएका थिए।