एञ्जेलिनाको खुलासा

0
Shares

 

हलिउड अभिनेत्री तथा फिल्म निर्देशक एञ्जेलिना जोलीले ब्राड पिटसँगको सम्बन्धविच्छेदलाई लिएर नयाँ खुलासा गरेकी छिन्। उक्त सम्बन्ध विच्छेदका कारण आफूले धेरै कठिनताका साथ १ वर्ष बिताएको र एकल हुन पनि आफूले नचाहेको ४२ वर्षीया जोलीले बताएकी हुन्।

जोलीको यो खुलासासँगै अन्ततः यो जोडी पुनः एक हुन सक्ने बताइएको छ। ब्राड पिट र एन्जेलिना जोलीको जीवनमा आधारित जीवनी ब्रान्जेलिनाका लेखक इयान हाल्पेरिनले यी दुईले आध्यात्मिक परामर्शको माध्यमद्वारा नजिकिन चाहेको बताएका छन्।

एन्जेलिनाले सन् २०१६ सेप्टेम्बर १९ मा ब्राडसँगको सम्बन्धविच्छेदका लागि फारम भरेकी थिइन्। तर अगस्ट महिनामा त्यो फारम होल्ड गरेर राखिएको एक रिपोर्टमा बताइएको थियो। जोलीले भनेकी छिन्– ‘यी सन्तानप्रति मेरो र ब्राडको उत्तिकै दायित्व पनि छ।’ यी दुईको ६ सन्तान छन्, तीमध्ये ३ जनालाई धर्म सन्तानका रुपमा अपनाएका हुन्।