मेरी प्रेमिका बन्दै

0
Shares

ललितपुरको गोदावरी नगरपलिकामा सञ्चालित रेडियो पर्यावरण १०४.२ मेगाहर्जको स्टेशन प”जाको अवसरमा सत्य घटनामा आधारित फिल्म मेरी प्रेमिकाको शुभसाईत गरिएको छ। युवा जागरण पर्यावरणीय मञ्चको प्रस्तुतिमा डा.अष्टमान किसी महर्जन कार्यकारी निर्माता रहने फिल्ममा पटकथा, सम्वाद र निर्देशन चलचित्र पत्रकार डीपी शाह चक्रवर्तीको रहेको छ।

उमेश घिमिरेको कथा र परिकल्पनामा निर्माण भई रहेको फिल्मको शुभसाईतका लागि नायक बिनोद श्रेष्ठ, नवनायिका लक्ष्मी तामाङ, अभिनेता शक्ति पण्डीत र अभिनेत्री सपना श्रेष्ठले सट दिएका थिए भने निर्देशन तथा क्यामरा ज्योतिकेशर सिंह ,क्ल्याप प्रेम शर्मा पौडेल र नरिवल फुटाउने कार्य कार्ट‘नीष्ट योगेश खपांगीले गरेका थिए।

शान्तिप्रियको गीत रचनामा आलोकश्रीको संगीत रहने फिल्ममा नृत्य निर्देशन र सम्पादन प्रेम शर्मा पौडेलको रहनेछ भने बिनोद, लक्ष्मी ,शक्ति र सपनाका साथमा बिनोद मानन्धर,अम्बिका प्रधान, राजेश महत, प्रभाष मैनाली, नानी थापा, रिता रसाईलीले अभिनय गर्नेछन्।