बौद्धिक अपांगका साथ सीतारामको बर्थडे

0
Shares

 

गायक सीताराम पोखरेलले आफ्नो जन्मदिन बौद्धिक अपांगको साथमा मनाएका छन्। गायक पोखरेलले जन्मदिनका अवसरमा गोकर्णमा अवस्थित स्वास्थ्य समाज नेपालमा आश्रित बौद्धिक अपांगता भएका बालबालिकालाई ६ महिनासम्म पुग्ने चामल, दाल, चिउरा, नुन, तेल, बिस्कुटलगायतका खाद्यसामग्री उपलब्ध गराएका छन्। उनले त्यहाँ पुगेर संस्थाकी संस्थापक अध्यक्ष सीता श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरेका थिए।

पोखरेलले १४ वर्षदेखि विभिन्न संघ, सस्था, अनाथ अपांग दुःखी र पीडितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाउँदै आएका छन्। आँखाको नानी हौ तिमीजस्तो लोकप्रिय गीतका यी गायक २०४४ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन्।। उनले हालसम्म १ सय ५० भन्दा बढी गीत गाइसकेका छन्।